१८ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री मेहतासँग जापानी राजदूतको भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जापानले उपलब्ध गराएको सहायता र विभिन्न अस्पतालमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री मेहताले आभार व्यक्त गरेकी छन्।

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल-जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा जापानी सहयोग विस्तारका सम्भावनाबारे छलफल भएको हो।

भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत सामग्री, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति आभार व्यक्त गरिन्।

उनले वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्‍याउँदै आएको सहयोगको समेत प्रशंसा गरिन्।

राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्न जापान तयार रहेको बताए। उनले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको विद्यमान सहकार्यलाई निरन्तरता दिँदै थप सहयोगका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

0 Comments