१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

अ अ+ अ-

काठमाडौँ । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ । 

महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । 

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाकाअनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ ।

 महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । यसले स्थानीय बजारमा फूलको माग धान्न सहयोग पुर्‍याउनुका साथै किसानका लागि आम्दानीको नयाँ अवसरसमेत सिर्जना गरेको कडरियाले बताए । यस वर्ष पोखरा महानगरपालिकाभित्र करिव २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने फूलको मागको करिव ७५ प्रतिशत पोखरामै उत्पादित फूलले धान्ने अनुमान गरिएको कडरियाले जानकारी दिए । 

तिहारलाई लक्षित गर्दै कृषि महाशाखाले किसानको बारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ । 

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरले सहजीकरण गर्दै आएको छ । विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै फूल खेती विस्तार हुन थालेपछि स्थानीय उत्पादनले बजारमा हिस्सा बढाउँदै गएको छ । 

स्थानीय स्तरमै फूल उत्पादन बढ्दै जाँदा एकातिर किसानको आम्दानी वृद्धि हुने र अर्कोतर्फ बाहिरबाट हुने फूल आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

0 Comments