२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ

टेलिग्राम र एक्समार्फत महिलाका तस्बिर तथा भिडियो सार्वजनिक गरी चरित्रहत्या गरेको उजुरीपछि साइबर ब्युरोको कारबाही, विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान जारी ! 

अ अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ। 

पीडित महिलाको उजुरीका आधारमा प्राविधिक अनुसन्धान गर्दा संलग्नता देखिएको भन्दै ब्युरोले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

ब्युरोका अनुसार पक्राउ पर्नेमा इलामको माई नगरपालिका-१ स्थायी घर भएका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन्।

विकल्प राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो टेलिग्राममार्फत सार्वजनिक गरी पीडित महिलाको चरित्रहत्या गरेको आरोप छ। पीडितको निवेदनपछि गरिएको प्राविधिक अनुसन्धानबाट उनको संलग्नता देखिएको ब्युरोले जनाएको छ।

ब्युरोको टोलीले राईलाई कात्तिक १९ गते काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट पक्राउ गरेको हो। उनी विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

त्यसैगरी, सामाजिक सञ्जाल एक्समार्फत एक महिलाको अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा सुजन पाण्डे पक्राउ परेका हुन्।

ब्युरोका अनुसार पीडितले दिएको निवेदनमा महिलाका व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिइएको र चरित्रहत्या गरिएको उल्लेख छ। उजुरीमाथि गरिएको प्राविधिक अनुसन्धानबाट पाण्डेको संलग्नता देखिएपछि उनलाई कात्तिक १९ गते काठमाडौँको तारकेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।

पाण्डेविरुद्ध पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

साइबर ब्युरोले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार दुवै घटनामा पीडित महिलाको निवेदन, सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्री तथा प्राविधिक अनुसन्धानका आधारमा कारबाही अघि बढाइएको हो।

0 Comments