२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय दूरसञ्चार महासम्मेलनमा सहभागी हुन कतार जाँदै सञ्चार मन्त्री डा. तिमिल्सिना 

दूरसञ्चार क्षेत्रको विश्वव्यापी नीति निर्धारण र नेतृत्व चयनमा नेपालको सहभागिता रहने, डिजिटल पूर्वाधार र प्रविधि विस्तारमा द्विपक्षीय सहकार्यको पहल गरिने !

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन शनिबार कतार प्रस्थान गर्ने भएका छन्। उनले कतारको दोहामा आयोजना हुने संघको २०२६ को महासम्मेलन (पीपी-२६) मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

नोभेम्बर ७ देखि १३ सम्म तय गरिएको भ्रमणमा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी सहभागी हुने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था आईटीयूको महासम्मेलन नोभेम्बर ९ देखि २७ सम्म दोहामा आयोजना हुँदै छ। प्रत्येक चार वर्षमा हुने यो सम्मेलन संघको सर्वोच्च नीति निर्धारण गर्ने निकाय हो। 

सम्मेलनले आगामी चार वर्षका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीतिगत दिशा, रणनीतिक प्राथमिकता तथा वित्तीय योजना निर्धारण गर्नेछ। साथै, संघको उच्च नेतृत्व, परिषद्का सदस्य राष्ट्र र रेडियो नियमावली बोर्डका सदस्य चयन गर्ने कार्यक्रम छ।

नेपालले समेत महासम्मेलनअन्तर्गतका निर्वाचन प्रक्रियामा सहभागी भई मतदान गर्ने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्नु भ्रमणको प्रमुख उद्देश्य हो।

महासम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय गरिएको छ। ती भेटमा दूरसञ्चार क्षेत्रको विकास, नियमन प्रणाली, सेवा सुधार तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी अनुभव आदानप्रदान गरिनेछ।

विशेष गरी दूरसञ्चार पूर्वाधार विस्तार, सेवाको गुणस्तर अभिवृद्धि, डिजिटल पहुँच वृद्धि तथा प्राविधिक र संस्थागत सहकार्यका सम्भावनाबारे छलफल गर्ने तयारी छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले विश्वव्यापी रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको समन्वय, दूरसञ्चार मापदण्ड निर्माण र डिजिटल पहुँच विस्तारका क्षेत्रमा काम गर्दै आएको छ। महासम्मेलनबाट तय हुने नीति तथा निर्णयले सदस्य राष्ट्रहरूको दूरसञ्चार र डिजिटल प्रविधिसम्बन्धी प्राथमिकतालाई समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा नेपालको सहभागितामार्फत दूरसञ्चार क्षेत्रको आधुनिकीकरण, डिजिटल रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्राविधिक सहकार्य विस्तारका अवसर पहिचान गर्ने लक्ष्य राखिएको छ।

मन्त्री तिमिल्सिनाको भ्रमण नोभेम्बर १३ सम्म रहने कार्यक्रम छ।

0 Comments