काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणीका ८१ कर्मचारीको सरुवा, कायम मुकायम जिम्मेवारी तोक्ने, फाजिल व्यवस्थापन तथा कामकाजसम्बन्धी निर्णय गरेको छ।
कार्यालयले कात्तिक १९ गतेको निर्णयअनुसार विभिन्न सरकारी निकायमा कार्यरत लेखा अधिकृत तथा सोसरहका कर्मचारीको जिम्मेवारी र कार्यस्थल हेरफेर गरेको हो।





