२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन पर्वहरूले प्रेरणा दिउन्’ : रवि लामिछाने

तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै रास्वपा सभापति लामिछानेले विविधताबीचको एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठजस्ता सांस्कृतिक पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले नेपाली समाजको सांस्कृतिक विविधतालाई आपसी प्रेम, सम्मान र एकताको आधार बनाउनुपर्ने बताएका हुन्।

उनले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन चाडपर्वको विशेष महत्त्व रहने उल्लेख गरेका छन्। फरक संस्कृति, परम्परा र आस्थाबीचको सद्भाव नै नेपाली समाजको साझा विशेषता रहेको सन्देश उनको शुभकामनामा समेटिएको छ।

‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्,’ लामिछानेले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उनले यी पर्वहरूले व्यक्तिगत तथा पारिवारिक खुसीसँगै सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व जनकपुरधाममा मनाउने जानकारी दिएका छन्। उनका अनुसार रास्वपाका प्रतिनिधिहरू जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वमा सहभागी हुनेछन्।

लामिछानेले सांस्कृतिक पर्वका माध्यमबाट समुदायबीच आपसी सद्भाव, सम्मान र एकताको भावना थप विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्।

0 Comments