काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका चौथो तह (अप्राविधिक/प्राविधिक) पदमा विज्ञापन आह्वान गरेको छ ।
प्रदेश आयोगले आज एक सूचना जारी गर्दै स्थानीय सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका चौथो तहका (अप्राविधिक/प्राविधिक) खुला तथा आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन आह्वान गरेको हो ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ बमोजिम स्थायी पदपूर्तिका लागि तोकिएको न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले आजदेखि मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन्।





