२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

अ अ+ अ-

काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई-मधेसका बजारमा केराको किनबेच बढेको छ । 

छठ पर्वमा केरालाई महत्त्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन् । यस वर्ष छठका लागि आवश्यक केरा भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन् । जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवकाअनुसार यसपटक भारतबाट एउटा पनि केरा आएको छैन । नेपालकै विभिन्न जिल्लामा उत्पादन भएको केराले बजारको माग पूरा गरिरहेको छ । यादवले कैलालीको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड, शनिश्चरे र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको बताए। उनकाअनुसार नेपालमा केराको उत्पादन बढ्दै गएकाले छठ पर्वका लागि अभाव हुने अवस्था छैन । 

उनले बजारमा मिर्चमान जातको केरा एक हजारदेखि १२ सय रुपैयाँसम्म र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा विक्री भइरहेको जानकारी दिए । उपभोक्ताले सहज रूपमा केरा खरिद गरिरहेको दाबी गर्दै उनले यस वर्ष मूल्यमा थप वृद्धि नहुने पनि बताए। विगतमा भारतबाट मिर्चमान र चम्पा जातका केरा बढी आउने गरे पनि पछिल्लो समय नेपालमै केराखेती विस्तार हुँदै गएको यादवको भनाइ छ । अहिले गोपाल र बन्सीबोट जातका केराको उत्पादन पर्याप्त रहेको तथा आगामी एक–दुई वर्षमा मिर्चमान र चम्पा जातका केराको उत्पादनसमेत बढ्ने उनले विश्वास व्यक्त गरे। 

उनले भने, ‘यस वर्ष छठ पर्वका लागि भारतबाट केरा आयात गर्नुपर्ने अवस्था छैन । नेपालकै उत्पादनले बजारको माग पर्याप्त रूपमा धान्न सक्छ । पश्चिममा टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा र निजगढदेखि पूर्वमा बिर्तामोड, शनिश्चरे, इनरुवा तथा कोशी क्षेत्रसम्म केरा उत्पादन राम्रो भइरहेको छ । अहिले बजारमा मिर्चमान केरा प्रतिघरी १ हजारदेखि १ हजार २ सय र गोपाल केरा ५ सयदेखि १ हजारसम्ममा उपलब्ध छ । उपभोक्ताहरू पनि सन्तुष्ट छन् र छठ पर्वका लागि खुशीसाथ केरा खरिद गरिरहेका छन् । यस वर्ष केरा अभाव हुने वा मूल्य अस्वाभाविक रूपमा बढ्ने अवस्था छैन । नेपाली किसानले केराखेती विस्तार गर्दै उत्पादनसमेत बढाइरहेका छन् । अहिले गोपाल र बन्सीबोट केरा पर्याप्त मात्रामा उपलब्ध छन् । मिर्चमान र चम्पा केराको खेती पनि विस्तार भइरहेको छ । आगामी एक–दुई वर्षमा यी जातका केरा पनि नेपालमै पर्याप्त उत्पादन हुने विश्वास लिएका छौँ । त्यसैले छठ पर्वका लागि केरा अभाव हुँदैन । नेपाली उत्पादनले नै बजारको माग पूरा गर्नेछ र किसान तथा उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।’

तर व्यवसायीले बजारमा केराको अभाव नरहेको बताए पनि उपभोक्ता भने मूल्यप्रति सन्तुष्ट देखिएका छैनन् । भारतबाट केरा आयात हुँदा तुलनात्मक रूपमा सस्तो पर्ने गरेकोमा अहिले स्वदेशी केराको मूल्य गत वर्षको तुलनामा महँगो भएको उनीहरूको गुनासो छ । एक उपभोक्ताले भारतबाट केरा आउँदा बजारमा सहज उपलब्धता र मूल्यमा प्रतिस्पर्धा हुने गरेको बताए । अहिले आयात कम हुँदा महँगो मूल्यमा केरा खरिद गर्नुपरेको उनको भनाइ छ । 

छठ पर्वमा केराको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले यसको मूल्यवृद्धिले सर्वसाधारणलाई थप आर्थिक भार परेको अर्का उपभोक्ताको गुनासो छ । व्यापारीले केराको घरीको मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म भनेको उल्लेख गर्दै उनले पहिले ६–७ सय रुपैयाँमा पाइने केरा अहिले निकै महँगो भएको बताए । उनले छठजस्तो महत्त्वपूर्ण पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिन सरकारले ध्यान दिनुपर्ने मागसमेत गरे । 

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिँदा केरासहित विभिन्न फलफूल तथा पूजा सामग्री चढाउने चलन छ । त्यसैले पर्व नजिकिँदै जाँदा केराको माग झन् बढ्ने गरेको छ । यस वर्ष स्वदेशी उत्पादनले बजारको माग धान्ने व्यवसायीको दाबी र महँगो मूल्यका कारण उपभोक्तामा देखिएको असन्तुष्टिबीच छठको किनमेल चलिरहेको छ ।

0 Comments