२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव पार्ने देखिँदैन’ : मौसमविद् ढकाल

अ अ+ अ-

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । 

आईतवार कुरा गर्दै उनले बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताएका हुन् । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उनले जानकारी दिए । विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उनको भनाई छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उनले बताए । उनकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।

उनले भने, ‘बङ्गालको खाडीमा जुन न्यून चापीय क्षेत्र छ, त्यो गहिरो न्युनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ । यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ । तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन । यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन । यो प्रणालीको नेपाल मौसम विज्ञान विभागले यसको अवलोकन गरिरहेको छ । यसले कसरी चाहिँ ट्रयाक लिन्छ रु यो कता जान्छ भन्ने किसिमको विश्लेषण भइरहेको छ । यदि फेरबदल आउने भयो भने चाहिँ हामी जानकारी गराउने छौँ । अहिलेसम्मको प्रक्षेपण अनुसार यसले खासै नेपालको मौसममा प्रभाव पार्ने जस्तो देखिँदैन ।’

उनले आईतवार भने मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको उनको भनाई छ । दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भएपनि भारी वर्षाको सम्भावना भने नरहेको उनले बताए । उनकाअनुसार गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । आईतवार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमश: घट्ने उनले जानकारी दिए। आगामी दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमश: घट्दै जाने पूर्वानुमान रहेको उनले बताए ।

मौसमको पूर्वानुमानमा ध्यान दिन किसानलाई सुझाव
मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानमा ध्यान दिन किसानहरूलाई सुझाव दिएका छन् । 

आईतवार दिउँसोतिर हुने वर्षाले काटेर राखिएको धानमा असर पार्न सक्ने भएपनि खेतमै रहेको नकाटिएको धानबालीमा भने असर नपार्ने उनले बताए। कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउनुअघि आगामी दिनको मौसमबारे जानकारी लिनु उपयुक्त हुने उनको सुझाव छ ।

0 Comments