२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

अ अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा-आराधना गरी अर्घ दिएका छन् ।  

उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । 

राजतीर्थमा छठ पूजामा सहभागी हुन पुगेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गरेका थिए ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । त्यस्तै, ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका छन् । बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायत नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ । 

सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना विधि मनाइँदै छ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।

खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ ।

छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । त्यसका लागि तराई-मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ ।

0 Comments