काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
राससले आज एक सूचना जारी गर्दै भिजुअल एडिटर र छायाँकार गरी तीन पदमा कुल नौ जना कर्मचारी माग गरेको हो।
माग गरिएका पदमध्ये अधिकृतस्तर छैटौँ तहमा एक जना भिजुअल एडिटर, सहायकस्तर पाँचौँ तहमा तीन जना भिजुअल एडिटर र सहायकस्तर चौथो तहमा पाँच जना छायाँकार रहेका छन्।
इच्छुक नेपाली नागरिकले सूचना पहिलोपटक प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन्।
योग्य उम्मेदवारले राससको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजा, काठमाडौंमा भौतिक रूपमा उपस्थित भएर वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।






