काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
क्याम्पसले आज एक सूचना जारी गर्दै सहायक क्याम्पस प्रमुखका दुई पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक शिक्षकहरूबाट दरखास्त माग गरेको हो।
सूचनाअनुसार विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी कार्यविधि, २०८१ को विनियम ४४ को उपविनियम १ बमोजिम योग्यता पुगेका विश्वभाषा क्याम्पस तथा त्रिभुवन विश्वविद्यालयका अन्य आंगिक क्याम्पसमा प्राध्यापनरत शिक्षकहरूले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, विद्यार्थी कल्याण प्रमुखको एक पदका लागि पनि इच्छुक शिक्षकहरूबाट आवेदन आह्वान गरिएको छ।
दुवै पदका लागि आवेदन दिने अन्तिम मिति आजदेखि मंसिर १० गतेसम्म तोकिएको छ। आवेदनसँगै विनियम ४४ को उपविनियम २ अनुसारका आवश्यक कागजात पेस गर्नुपर्ने क्याम्पसले जनाएको छ।







