३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

अ अ+ अ-

थाइल्यान्ड । थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३:३० बजे रेस्टुरेन्ट तथा भाडामा बस्नेहरूका लागि आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो । आगो नियन्त्रणमा लिएपछि भवनभित्र ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमाका नागरिक रहेका छन् ।

आगलागीमा परी घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरूमा धुवाँका कारण श्वासप्रश्वासमा समस्या तथा सिसा फुट्दा लागेको चोटपटक रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । थाइल्यान्डमा विशेषगरी बार, रात्रिक्लब तथा मनोरञ्जनस्थलको सुरक्षा व्यवस्थालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

यसअघि जुलाईमा बैंककस्थित एक व्यस्त बारमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २००९ को नयाँ वर्ष उत्सवका क्रममा राजधानी बैंककस्थित सान्तिका क्लबमा आगलागी हुँदा ६७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

लगातार भइरहेका यस्ता घटनाले थाइल्यान्डमा भवन तथा मनोरञ्जनस्थलको अग्नि सुरक्षा र आपत्कालीन उद्धार व्यवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको छ ।

0 Comments