३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटी स्क्यान सेवा विस्तारमा लमजुङ अस्पताललाई प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

अ अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि लमजुङको प्रदेश अस्पताललाई प्राथमिकतामा राख्ने बताएका छन् । बेँसीसहर नगरपालिका-८ स्थित अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई ३० कात्तिकमा सम्बोधन गर्दै उनले अस्पतालको आवश्यकता र बिरामीको चापलाई ध्यानमा राखेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए ।

मुख्यमन्त्री पाण्डेका अनुसार लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष ६९ करोड रुपैयाँको योजना अघि सारिए पनि बजेट विनियोजन हुन सकेको थिएन । कुल योजना लागतको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव भने प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको उनले जानकारी दिए ।

लमजुङ, दमौली र स्याङ्जाका अस्पतालको भवन निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने पाण्डेले बताए । प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण तीनवटै अस्पतालका लागि एकै पटक आवश्यक रकम छुट्याउन कठिन रहेको उनको भनाइ थियो ।

पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लाका १४ अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा शय्या सङ्ख्या २५० बाट ८५० पुर्‍याइएको र त्यसअनुसार स्वास्थ्यकर्मीसहित अन्य जनशक्ति थपिँदै गएको उनले बताए ।

प्रदेशमा डायलाइसिस सेवाको प्रतीक्षामा रहेका ८२१ जनालाई सेवा उपलब्ध गराएर प्रतीक्षा सूची शून्यमा झार्ने लक्ष्यसहित काम भइरहेको पाण्डेले जानकारी दिए । ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन आवश्यकताअनुसार करारमा नियुक्त स्वास्थ्यकर्मी परिचालन भइरहेको उनले बताए ।

0 Comments