काठमाडौँ । प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । रिट एकल इजलासमा पेस हुनेछ ।
२० कात्तिकमा दर्ता भएको रिटमा सर्वोच्चले सुरुमा ३० कात्तिकका लागि सुनुवाइ तोकेको थियो । सरकारले सोही दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको थियो । तिहार र छठको बिदापछि मंगलबार अदालत खुलेसँगै अदालत प्रशासनले बुधबारका लागि नयाँ मिति तोकेको हो ।
मन्त्रिपरिषद्ले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा। मनोज कुमार केसी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र त्यसबाट आफूलाई अन्याय भएको दाबी रिटमा गरेका छन् ।





