१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो । 

राजनीतिक दलसहितका व्यवसायीहरूले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा हवाई उडानसँगै सुक्ख्खा बन्दरगाह स्थापनाको पहल गर्न भनिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले नेपालगञ्ज दिल्ली सिधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा स्वास्थ्यमा ठूलो फड्को मार्ने उल्लेख गर्दै हवाई उडान हुन सके नेपालगञ्ज पर्यटनको प्रवेशद्वार हुन सक्ने बताए । 

उनले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरेर सुक्खा बन्दरगाह बनाउन सके त्यसले यहाँको आयातनिर्यात व्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालगञ्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तरराष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ । 

प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै निरन्तर सम्वाद गरिरहेको जानकारी दिए । ज्ञापन पत्र बुझाउन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्टिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र नागरिक समाजका अगुवा सहभागी थिए। 

0 Comments