२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य बैंकमा मुद्दती निक्षेप १५.३ प्रतिशत घट्यो, बचत ४५.६ प्रतिशत बढ्यो

अ अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको कुल निक्षेप १४.६ प्रतिशत बढ्दा मुद्दती निक्षेप भने १५.३ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोही अवधिमा बचत निक्षेप ४५.६ प्रतिशत र चल्ती निक्षेप २९.९ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्ष मुद्दती निक्षेप २ प्रतिशत घटेको थियो । सो वर्ष चल्ती निक्षेप ३८.९ प्रतिशत र बचत निक्षेप ३६.५ प्रतिशत बढेको थियो ।

विप्रेषण आप्रवाह बढ्नु र कर्जाको माग न्यून रहनुले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्थामा बैंकहरूलाई लामो अवधिको निक्षेप जुटाउन उच्च ब्याजदर दिनुपर्ने दबाब कम भएको र मुद्दती तथा बचत खाताको ब्याजदरबीचको अन्तर साँघुरिँदा निक्षेपकर्ताले रकम बचत खातामा सारेको केन्द्रीय बैंकको भनाइ छ ।

निक्षेप १४.६ प्रतिशत बढ्दा कर्जा तथा लगानी ४.२ प्रतिशत वृद्धि
वाणिज्य बैंकहरूको कुल निक्षेप एक वर्षमा ९ खर्ब ५६ अर्ब २९ करोड रुपैयाँले बढेर २०८३ असार मसान्तमा ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कुल निक्षेप १३.७ प्रतिशत बढेको थियो ।

कर्जा तथा लगानीको वृद्धिदर भने अघिल्लो वर्षको ७.२ प्रतिशतबाट ४.२ प्रतिशतमा झरेको छ । समीक्षा वर्षमा कर्जा तथा लगानी २ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँले बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशत बढेर ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ८.६ प्रतिशत बढेको थियो । असार मसान्तमा निजी क्षेत्रतर्फको कर्जा कुल गार्हस्थ्य उत्पादनको ७८.८ प्रतिशत बराबर पुगेको छ ।

तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो वाणिज्य बैंकहरूको कुल कर्जाको ३८.१४ प्रतिशत हो । कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.१२ प्रतिशत र गैरकृषि प्राथमिकताप्राप्त क्षेत्रमा २५.०२ प्रतिशत प्रवाह भएको छ ।

सरकारी ऋणपत्रमा लगानी घट्यो
सरकारी ऋणपत्रमा वाणिज्य बैंकहरूको लगानी ९.२ प्रतिशत अर्थात् ९५ अर्ब १७ करोड रुपैयाँले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो लगानी १५ अर्ब ५८ करोड रुपैयाँले बढेको थियो ।

सरकारी ऋणपत्रमा गरिएको लगानीसमेत जोड्दा असार मसान्तमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति १८ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ थियो । कुल निक्षेपमा तरल सम्पत्तिको अनुपात अघिल्लो वर्षको २६.७ प्रतिशतबाट २४.०६ प्रतिशतमा झरेको छ । तरल सम्पत्तिको एक अंशका रूपमा रहेको तरल कोष भने २०.९ प्रतिशत बढेको छ ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरूको विदेशी बैंकमा रहेको मौज्दात ६२.३ प्रतिशत बढेर ४ खर्ब २० अर्ब २१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकमा रहेको उनीहरूको मौज्दात भने १.३ प्रतिशत घटेर ३ खर्ब ५९ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ ।

0 Comments