३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

अ अ+ अ-

भद्रपुर (झापा) । झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। उनका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो भने भदौमा सात वटा घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ । 

0 Comments