काठमाडौँ । सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको कार्यभार सम्हालेका छन्।
श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेतलाई प्रधान सेनापति अशोकराज सिग्देलको सचिवालयमा नियुक्त गरिएको छ। बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।





