काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाल भारत एसँग ३०६ रनले पराजित भएको छ। शुक्रबार राति दोहामा भएको खेलमा ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमा २६ रनमै अलआउट भयो।
नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पवन सर्राफले सर्वाधिक ६ रन बनाए। भारत एका प्रिन्स यादवले पाँच, हर्षित रानाले चार र शाहबाज अहमदले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३२ रन बनाएको थियो। ४२ रनमा तीन विकेट गुमाएको भारत एका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले चौथो विकेटमा २०६ रनको साझेदारी गरे। कुशाग्रले ११७ र वर्माले १०७ रन बनाए।
भारत एको स्कोर २४८ रन हुँदा ललित राजवंशीले कुशाग्रलाई बोल्ड गरे। वर्मालाई नन्दन यादवले आउट गरे। ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए भने सूर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले तीन–तीन विकेट लिए। नन्दन यादवले दुई र पवन सर्राफले एक विकेट लिए।
नेपालले दोस्रो खेल आइतबार संयुक्त अरब इमिरेट्स ९यूएई० सँग खेल्नेछ।





