५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

अ अ+ अ-

काठमाडौँ । अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । 

रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा प्रस्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो । तीन जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोस्की र र्‍यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

यस्तै पेन्सिलभेनियाका डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यानले भने प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि गत सेप्टेम्बरमा अमेरिकी प्रतिनिधिसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर सिनेटबाट अस्वीकृत भएपछि राष्ट्रपति ट्रम्पलाई इरानमाथि थप सैन्य कारबाही गर्ने निर्णयमा रोक लगाउने प्रयास सफल हुन सकेन । गत नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेको करिव दुई सातापछि सिनेटमा उक्त मतदान भएको हो । इरान युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्नु रिपब्लिकनको चुनावी पराजयको एउटा कारण रहेको विश्लेषण गरिएको छ । ‘द न्युयोर्क टाइम्स’का अनुसार युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिका कारण चुनावमा क्षति पुगेको स्वीकार गर्ने रिपब्लिकन नेताहरू भएपनि मतदाताको सन्देशले पार्टीको इरानसम्बन्धी अडानमा परिवर्तन ल्याउन सकेको छैन । फेब्रुअरी २८ मा इरानसँग द्वन्द्व शुरु भएयता अमेरिकी संसद्मा युद्ध अधिकारसम्बन्धी प्रस्तावमाथि २१ पटक मतदान भइसकेको छ ।

 जसमध्ये प्रतिनिधि सभामा ६ र सिनेटमा १५ पटक मतदान भएको न्युयोर्क टाइम्सले जनाएको छ । यसअघि जुन २३ मा अमेरिकी सिनेटले इरानमा थप सैन्य कारबाही गर्नुअघि कंग्रेसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको थियो । द्वन्द्व शुरु भएयता यस्तो प्रस्ताव दुवै सदनबाट पारित भएको त्यो पहिलो अवसर थियो । यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूले उक्त प्रस्तावलाई मुख्यतः प्रतीकात्मक कदमका रूपमा व्याख्या गरेका थिए । 

मध्यावधि निर्वाचनपछि सिनेटमा डेमोक्र्याटिक दलका नेता चक सुमरले इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले यसका लागि केही रिपब्लिकन सिनेटरहरूको समेत समर्थन प्राप्त हुने बताएका थिए ।

0 Comments