५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

अ अ+ अ-

भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) रु २० हजारका दरले कारोबार भइरहेको छ । गत वर्ष यही समयमा चिराइतो प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको उनले बताए। गत वर्षको तुलनामा यस वर्ष प्रतिमन रु पाँच हजारदेखि रु १० हजारसम्म मूल्य घटेको उनको भनाइ छ ।

उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उनले जानकारी दिए। उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उनको भनाइ छ ।

यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उनले बताए। आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताए । उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले बताए । 

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ । राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ । बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उनले बताए । 

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्त्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो संकलन गरेर बिक्री गर्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्त्वपूर्ण स्रोत बन्दै आएको छ ।

चिराइतो खेती तथा संकलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । यसको उत्पादन, संकलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ ।

स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतो खेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरूको भनाइ छ ।

0 Comments