५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेक्जिटपछि बेलायत–इयु सम्बन्ध सुधारमा सहमति

अ अ+ अ-

एजेन्सी । ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली संघ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् ।

शुक्रबार ब्रसेल्समा भएको दोस्रो इयु–बेलायत शिखर सम्मेलनमा प्रधानमन्त्री एन्डी बर्नह्याम, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौतामा सहमति जनाएका हुन् । बर्नह्यामका अनुसार सम्झौताले बेलायतको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव पाँच प्रतिशतसम्म योगदान पुर्‍याउनुका साथै करिब १७ अर्ब पाउन्डको आर्थिक लाभ दिने अनुमान छ ।

सम्झौताअनुसार बेलायतले आगामी वर्षदेखि इरास्मस प्लस कार्यक्रममा पुनः सहभागिता जनाउनेछ । दुवै पक्षका एक–एक लाख युवालाई तीन वर्षसम्म काम, अध्ययन, स्वयंसेवा र भ्रमणको अवसर दिने युवा अनुभव योजना पनि अघि बढाइएको छ । यसबाट ३१ वर्षमुनिका युवाका अवसर विस्तार हुने नेताहरूको भनाइ छ ।

खाद्य तथा कृषि व्यापार सहज बनाउने, पशु तथा वनस्पतिजन्य उत्पादनको सीमा जाँच घटाउने र ऊर्जा तथा विद्युत् बजारमा सहकार्य बढाउने विषयमा पनि सहमति भएको छ । अनियमित आप्रवासन नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त कारबाही विस्तार गर्ने तथा रक्षा र सुरक्षा क्षेत्रमा समन्वय बढाउने निर्णयसमेत गरिएको छ ।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले रुसको आक्रमणविरुद्ध युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति कायम नभएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । दुवै पक्षले गाजामा दुई राज्य समाधान र मानवीय सहायता प्रवाहको समर्थन गर्दै क्षेत्रीय समुद्री मार्गमा इरान र हुथी समूहका आक्रमणको निन्दा गरेका छन् । बर्नह्यामले ब्रेक्जिटपछिको ‘दूरी र विभाजनको दशक’ अन्त्य गर्दै सम्बन्धका टुटेका पुल पुनः निर्माण गर्ने समय आएको बताए ।

0 Comments