५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। 

कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे । उनले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदानबाट अरूले पनि शिक्षा लिनुपर्ने बताए । 

“समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ”, मुख्यमन्त्री भट्टले भने, “सरकार, सरोकार भएका निकाय र धार्मिक तथा आध्यात्मिक संस्थाले आफ्नो दायित्व निर्वाह गरे समाज विकासमा सकारात्मक टेवा पुग्नेछ ।”

उनले प्रदेश सरकारले स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसार विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताए । मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समाजमा बढ्दै गएको बेचैनी, अशान्ति र असहिष्णु प्रवृत्तिलाई आध्यात्मिक जागरणका माध्यमबाट निरुत्साहित गर्न सकिने बताए । यस कार्यमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलगायत धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

0 Comments