काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को विजेता सुदूरपश्चिम रोयल्स बनेको छ ।
गत दुई सिजनमा फाइनल पुगेर पनि जित हात पार्न नसकेको सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै एनपीएल सिजन-३ को विजेता बनेको हो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि जर्ज मुन्सेले अविजित १२५ रन जोडे भने विनोद भण्डारीले ३० रन बनाएका थिए ।





