६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्नेमा खुश्बु ओलीको जोड

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन्। 

उनले धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि आग्रह गरिन्। मन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन्। उनले गौहत्या, गौतस्करी तथा हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा सडकमा उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘गुरुवर्गहरुले अब मठ-मन्दिरमा आएकाहरूलाई यहाँहरूले समान व्यवहार गर्नुपर्छ । सबै आस्था वा अनास्था लिएर आएका हुन्छन्, धर्मनिरपेक्षवादी दलका मान्छेहरू पनि लिएर आएका हुन्छन् । फूलमाला पहिर्याउनुस्, स्वागत गर्नुस्, पूजापाठ गराइदिनुस्, तर तपाईँहरूको पनि जिम्मेवारी छ, हाम्रो हिन्दू राष्ट्र खोइ ? भनेर मठ-मन्दिरमा आउने नेताहरूलाई गुरुवर्गहरुले अब प्रश्न तेर्स्याउनुपर्छ । अस्ति छठको कार्यक्रममा हेर्नुस् त, कस्तो सनातनीहरूको देश हो यो, छठको साँझ छठको घाट भत्काइयो । तर त्यही समयमा देशका शीर्ष सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सबै नेताहरू, वरिष्ठ नेताहरू तराईमा थिए । तर कसैले, न नागरिकले, न गुरुवर्गहरुले प्रश्न सोध्नुभयो, यो किन भयो भनेर ? हामीले आफ्ना कमजोरीहरू पनि औँल्याउनुपर्ने समय आएको छ । म यो सङ्गठनलाई पनि भन्न चाहन्छु, हामीले विश्वास गुमाएका छौँ, सनातनीहरूको । यस्तै समयमा हामी चुकेका छौँ । हिन्दुहरूको पक्षमा उभिन हामी कहिले काहीँ चुकेका छौँ । अबको यो सङ्गठनले र राप्रपाले पनि गौहत्या हुँदाखेरि कहिले पनि मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ । गौहत्या हुँदाखेरि हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदाखेरि हामीले त्यसको विरोधमा सडक आउनुपर्छ, हिन्दुहरूको हत्या हुँदाखेरि हामी खुलेर आवाज उठाउनुपर्छ । अबको सङ्गठनले हिन्दुहरूको व्यावहारिक रूपमै रक्षा गर्नको लागि आवाज उठाउनुपर्छ । हाम्रो यही समयमा यही कालमा हिन्दू राष्ट्र स्थापना गर्न सकियोस् । यहाँहरूको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ । यहाँहरूले सदन बाहिरबाट हामीलाई सहयोग गर्दिनुहुन अपिल गर्दछु ।’

उनले हिन्दु राष्ट्र स्थापनाका लागी राप्रपाले संसदमा आवाज उठाउने र संसदबाहिर धार्मिक गुरुहरूले आवाज उठाउनुपर्ने बताइन् ।

0 Comments