काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति द्रौपदी मुर्मू र विदेश मन्त्री एस. जयशंकरसँग भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र सञ्चारकर्मी सहभागी छन्। सरकारी प्रतिनिधिमण्डलमा ३४ जना रहेका छन्।
सरकारी टोलीबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुनेछन्।





