६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएईविरुद्ध नेपाली स्पिनर हाबी, जितका लागि १२२ रनको लक्ष्य

कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिएपछि युएईको पारी ३९.५ ओभरमै समाप्त भएको छ।

अ अ+ अ-

काठमाडौँ । एसीसी राइजिङ स्टार्स कपको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १२१ रनमा समेटेको छ। नेपाली स्पिनरहरूको प्रभावकारी बलिङका कारण यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएपछि नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको हो।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन-तीन विकेट लिए। सन्दीपले आफ्नो १० ओभरको बलिङमा ११ रन मात्र खर्चिए। युएईविरुद्ध नेपालले पाँच जना स्पिनरलाई बलिङमा प्रयोग गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले सुरुवाती ११ रन जोड्दा दुई विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे। अंश टन्डन १ रन बनाएर रनआउट भए।

सुरुवाती दबाबपछि हरप्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै युएईको पारी सम्हालेका थिए। उक्त साझेदारी सन्दीपले तोडेपछि यूएईले नियमित अन्तरालमा विकेट गुमायो।

यूएईका लागि सेहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रितले ३२ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। टोलीका आठ खेलाडी दोहोरो अङ्कमा पुग्न सकेनन्।

नेपालको बलिङमा स्पिन आक्रमण निर्णायक देखिएको थियो।

0 Comments