८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय भवन निर्माण

अ अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा आठ कोठे कक्षाकोठा भवन निर्माण थालिएको छ । 

दातृ संस्था ‘पहार ट्रस नेपाल’ र धवलागिरि गाउँपालिकाको रु एक करोड २५ लाख लागत साझेदारीमा आठ कोठे दुईतले भवन निर्माण थालिएको हो । धवलागिरि गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि संस्थाले रु ७५ लाख लगानी गर्ने सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र पहार ट्रस नेपालका प्रतिनिधिहरूको उपस्थितिमा सोमबारदेखि भवन निर्माण थालिएको हो । 

विसं २०१० मा स्थापना भएको विद्यालयको पुरानो भवनको विकल्पमा पक्की नयाँ भवन निर्माण गर्न लागिएको हो । बालकक्षा देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २०० भन्दाबढी विद्यार्थी रहेका व्यवस्थापन समितिका अध्यक्ष बूढाथोकीले बताए। 

भौगोलिक रूपमा विकट, अनाथ, विपन्न र अपायकपर्ने ठाउँका ५२ जना विद्यार्थीलाई झिनडाँडामा रहेको छात्राबासमा नि:शुल्क आवास सुविधा प्रदान गरिएको उनले बताए। छात्रावासमा नौ जना शिक्षक कर्मचारीले पनि आवासीय सुविधा पाएका छन् । 

धवलागिरिकै पुरानो मध्यममा पर्ने हेम नमुना मावि परिसरको खोल्साको बाढी व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा कार्यान्वयन हुनेगरी थप रु ४० लाख बजेट पनि विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 

बेलायतमा दर्ता भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था पहार ट्रसले म्याग्दीलगायत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ र शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आएको छ । यसअघि मालिका गाउँपालिका–५ पन्थोकको भीम मावि, मगरदाङको गौबमबस्त मावि र ६ दरबाङको जनप्रिय माविमा पनि संस्थाको सहयोगमा कक्षाकोठा भवन निर्माण भएका थिए ।

0 Comments