८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनमा साउदी हवाई आक्रमणबाट १७ जनाको मृत्यु, ११ घाइते

अ अ+ अ-

काठमाडौँ । यमनको लालसागर तटीय शहर होदेइदाहमा भएको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

सोमवार बिहान दूरसञ्चार केन्द्रहरूलाई लक्षित गरी गरिएको आक्रमणमा अन्य ११ जना घाइते भएका छन् । हुथी समूहको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनले हुथी दूरसञ्चार विभागलाई उद्धृत गर्दै आक्रमणमा १७ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । यसअघि उक्त आक्रमणमा चार जनाको मृत्यु र १८ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो । आक्रमणबाट दूरसञ्चार केन्द्र, कर्मचारी आवास, मस्जिद तथा सञ्चार टावरमा ठूलो क्षति पुगेको छ । त्यसका कारण होदेइदाहका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको समाचारमा उल्लेख छ ।

 हुथी सञ्चारमाध्यमले आक्रमणमा अमेरिकी निर्मित जीबीयू–३१ बम प्रयोग गरिएको दाबी गरेका छन् । आक्रमणका क्रममा विमानहरू आकाशमै रहिरहेकाले उद्धार कार्यमा समेत अवरोध पुगेको उनीहरूको भनाइ छ । हुथी समूहले आक्रमणमा साउदी अरेबियाका लडाकु विमान संलग्न रहेको आरोप लगाएको छ ।

यमनको हुथी समूह र साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो । हुथी समूहले पछिल्लो समय साउदी अरेबियाका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ । 

त्यसको जवाफमा यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण तिब्र भएको हुथी सञ्चारमाध्यमले जनाएका छन् । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यतिबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश क्षेत्र कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता यमनमा द्वन्द्वले निरन्तरता पाउँदै आएको छ ।

0 Comments