९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै

अ अ+ अ-

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ बिक्री गर्न लागेको हो ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र-२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ ।

कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।

प्रतिस्पर्धी बोलदाताले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । अप्रतिस्पर्धी बोलदाताले भने खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ । उनीहरूलाई प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ । ऋणपत्रको निष्कासन मिति मंसिर १० गते तोकिएको छ भने साँवा भुक्तानी २०८९ मंसिर १० गते हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र ब्याजमा आयकर लाग्नेछ ।

ऋणपत्र खरिदका लागि न्यूनतम पाँच लाख रुपैयाँ तोकिएको छ । खरिद रकम पाँच लाख रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने हुनुपर्नेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत बराबरको अनेस्ट मनी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त विकास ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ । साथै, यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डीओएमएस मार्फत गर्न सकिने कार्यालयले जनाएको छ ।

ऋणपत्र बिक्रीमार्फत सरकारले आन्तरिक स्रोतबाट सार्वजनिक वित्त व्यवस्थापनका लागि आवश्यक रकम परिचालन गर्नेछ । 

0 Comments