काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा विशेष गरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो ।






