९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत छनोटविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी 

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतले मंसिर १४ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

अ अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि आगामी सोमबार (मंसिर १४ गते) पेसी तोकेको हो ।

सिइओ छनोटविरुद्ध ज्ञानेश्वर प्रसाद सिंह महतोसमेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेतलाई विपक्षी बनाई उत्प्रेषणको रिट दायर गरेका थिए ।

सर्वोच्चले निवेदकको मागबमोजिम आदेश जारी गर्नु नपर्ने आधार र कारण भए बाटोको म्यादबाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ ।

अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्षको धारणा सुनेपछि निर्णयमा पुग्नु उपयुक्त हुने भन्दै इजलासले छलफलका लागि बोलाएको हो ।

रिटमाथिको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतीशकृष्ण खरेल र डा. भीमार्जुन आचार्य तथा अधिवक्ता हरिप्रसाद मैनालीले बहस गरेका थिए ।

0 Comments