११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रशासनिक पुनर्संरचनाको नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गरे स्वीकार्य हुँदैन’ : विनोद श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषको स्वायत्तता, त्रिपक्षीय संरचना र श्रमिक प्रतिनिधित्व कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन् । 

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रशासनिक पुनर्संरचनाका नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गर्ने, त्रिपक्षीय संरचनालाई कमजोर बनाउने तथा श्रमिक आन्दोलनको संस्थागत सहभागिता घटाउने प्रयास स्वीकार्य नहुने बताएका हुन् । 

उनका अनुसार सामाजिक सुरक्षा कोषलाई श्रम प्रशासन र श्रमिक अधिकारको मूल संरचनाबाट अलग गर्न मिल्दैन । कोषको संस्थागत भविष्यबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र यसको स्वायत्तता, त्रिपक्षीय संरचना तथा श्रमिक प्रतिनिधित्वको निरन्तरताबारे प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको माग छ । कोषमा श्रमिकको प्रतिनिधित्व शून्य बनाइएकोप्रति प्रश्न उठाउँदै उनले श्रमिकको योगदानबाट जम्मा भएको रकमको व्यवस्थापन र लगानीबारे सरकार तथा कोषका पदाधिकारीसँग जवाफ माग गरे ।

उनका अनुसार कोषमा करिब १ खर्ब ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । तर, उक्त रकमको प्रभावकारी लगानी हुन नसकेको र करिब १२ अर्ब रुपैयाँ बैंकको चल्ती खातामा रहेको आफूहरूले सुनेको उनले बताए । श्रमिकको योगदानबाट जम्मा भएको रकम कसरी लगानी भइरहेको छ र त्यसका लागि कोषले कस्तो योजना बनाएको छ भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ । कोष स्थापना हुँदा त्रिपक्षीय संरचनाअनुसार श्रमिकको प्रतिनिधित्व सुनिश्चित गरिएको भए पनि अहिले श्रमिक प्रतिनिधित्व हटाइएको उनले बताए । श्रमिकसँग छलफल नगर्ने र सञ्चालक समितिमा समेत प्रतिनिधित्व नगराउने अवस्थाले कोषको संस्थागत भविष्यप्रति आशंका पैदा गरेको उनको भनाइ छ ।

श्रेष्ठले भने,‘श्रम प्रशासन र श्रमिक अधिकारको मूल संरचनाबाट अलग गर्नु कदापि उचित हुँदैन भन्ने हाम्रो ट्रेड युनियन आन्दोलनको मान्यता रहिआएको छ । हामी सरकारलाई स्पष्ट रूपमा भन्न चाहन्छौँ, प्रशासनिक पुनर्संरचनाको नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गर्ने, त्रिपक्षीय संरचनालाई कमजोर बनाउने वा श्रमिक आन्दोलनको संस्थागत सहभागिता घटाउने काम हाम्रो आन्दोलनलाई स्वीकार्य हुन सक्दैन । यस विषयमा हामीलाई शंका गर्ने पर्याप्त आधार देखिन थालेका छन् । कतै सामाजिक सुरक्षालाई बलियो बनाउनुको सट्टा यसको प्रभावकारिता र संस्थागत अस्तित्व नै कमजोर बनाउने दिशामा सरकार अगाडि बढिरहेको त छैन ? यसका लागि सरकारले सामाजिक सुरक्षा कोषको संस्थागत भविष्यबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । कोषको स्वायत्तता, त्रिपक्षीय संरचना र श्रमिक प्रतिनिधित्वको निरन्तरताप्रति प्रतिबद्धता आजै व्यक्त गर्नुपर्छ भन्ने हाम्रो आग्रह रहँदै आएको छ । हामी सरकार परिवर्तनको विरोध गर्दैनौँ । तर सरकार परिवर्तनका नाममा श्रमिकका अधिकार र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थामाथि असर पर्ने काम हुनुहुँदैन । यसलाई व्यवस्थित र नियमन गर्न सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ पनि हामी खोजिरहेका छौँ । यससम्बन्धमा केही प्रश्न मलाई पठाइएका छन् । कोषमा श्रमिकको करिब १ खर्ब ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । त्यो पैसा कसरी लगानी भइरहेको छ ? श्रमिकको योगदानबाट जम्मा भएको रकम लगानी नगरी बैंकको चल्ती खातामा करिब १२ अर्ब रुपैयाँ रहेको छ भन्ने हामीले सुनेका छौँ । लगानीका विषयमा कोषलाई कुनै चिन्ता छ कि छैन ? लगानीसम्बन्धी योजना बनिरहेको छ कि छैन ?’

योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोषजस्ता अन्य सरकारी कोषसँग प्रतिस्पर्धी वा एक अर्कालाई कमजोर बनाउने संस्थाका रूपमा हेर्न नहुने उनको भनाई छ । सरकार मातहत रहेका विभिन्न सामाजिक सुरक्षा तथा लगानीसम्बन्धी कोषबीचको सम्बन्ध, प्राथमिकता र कार्यदिशाबारे स्पष्ट नीति आवश्यक रहेको बताउँदै उनले नेपालको विकास नीति र श्रमिकको सामाजिक सुरक्षालाई सरकारले कसरी अगाडि बढाउन खोजेको छ भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । 

0 Comments