११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकमुष्ट बदरपछि १५९ नापी अधिकृतको परिमार्जित सरुवा सूची सार्वजनिक, हेर्नुहोस् को कहाँ पुगे ? 

सरुवामा पक्षपात र मापदण्ड उल्लंघनको आरोपपछि एकमुष्ट बदर गरिएको सरुवा निर्णय नयाँ मापदण्डका आधारमा पुनरावलोकन गरी परिमार्जित सूची सार्वजनिक गरिएको छ ।

अ अ+ अ-

काठमाडौँ । नापी विभागका तत्कालीन महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा बदनियतपूर्ण ढंगले कर्मचारी सरुवा गरिएको आरोपपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एकमुष्ट बदर गरेको सरुवा निर्णय पुनरावलोकन गरी परिमार्जित सूची सार्वजनिक गरिएको छ ।

विभागले शुक्रवार १५९ जना नापी अधिकृतको सरुवा सूची सार्वजनिक गरेको हो । नयाँ सूचीमा यसअघि मापदण्डविपरीत सरुवा गरिएका तथा सरुवाप्रति गुनासो राखेका कर्मचारीका विषयलाई सम्बोधन गरिएको बताइएको छ ।

यसअघि विभागले असोज २३ गते १०३ नापी अधिकृत, ४९८ सर्वेक्षक र २५६ अमिन गरी ८५७ कर्मचारीको सरुवा गरेको थियो । सरुवामा मापदण्ड उल्लंघन, पहुँचका आधारमा आकर्षक कार्यालयमा सीमित कर्मचारीलाई पटक-पटक अवसर दिइएको तथा दुर्गममा लामो समयदेखि कार्यरत कर्मचारीलाई उपेक्षा गरिएको विषय प्रशासन डटकमले निरन्तर उठाउँदै आएको थियो । त्यसपछि मन्त्री रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट सम्पूर्ण सरुवा बदर गरेकी थिइन् । 

सरुवा बदरपछि विभागले कर्मचारीको सेवा अवधि, भौगोलिक क्षेत्र, कार्यालयको कार्यबोझ, योग्यता तथा अनुभवलाई आधार मानेर नयाँ सरुवा मापदण्ड जारी गरेको थियो । सोही मापदण्ड कार्यान्वयन र विवादित सरुवा व्यवस्थापनको जिम्मेवारी पाएका महानिर्देशक जनकराज जोशीको नेतृत्वमा परिमार्जित सूची सार्वजनिक भएको हो । 

अब सरुवा सच्याउने कामसँगै यसअघि उठेका अनियमितताका आरोपमाथि निष्पक्ष छानबिन र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।

हेर्नुहोस् को कहाँ पुगे ? 

0 Comments