१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाको ८६ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा आवद्ध

अ अ+ अ-

झापा। झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको संख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच जना सदस्य रहेको परिवारलाई रु तीन हजार ५०० शुल्कबापत न्यूनतम् रु एक लाखसम्मको नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बीमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमाको दायरामा समेटिएका छन् । यसमा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआइभी सङ्क्रमित, तीन हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयंसेविका लगायत लक्षित तथा संवेदनशील वर्गसमेत समावेश छन् ।

बिमामार्फत नि:शुल्क उपचार सेवा प्रवाह गर्न जिल्लामा पाँच वटा आँखा अस्पताल, सात वटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिइन् । 

जिल्लाका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकामा कूल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध देखिएका छन् । दमकमा बसोबास गर्दै आएका भूटानी शरणार्थीसमेत बिमामा समेटिएकाले त्यहाँ आवद्धता दर अपेक्षाभन्दा बढी देखिएको हो । 

त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई पालिकामा बिमामा आवद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ । तर, सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आवद्ध छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति अतिरिक्त सदस्य रु ७०० प्रिमियम शुल्क तोकिएको छ । यसरी सदस्य थपिएका परिवारले अधिकतम रु दुई लाखसम्मको नि:शुल्क उपचार सुविधा पाउने व्यवस्था बोर्डले गरेको छ ।

पछिल्लो समय बिमा सेवाको उपयोग र दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले केही कडा प्रावधान लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवामा वार्षिक अधिकतम रु २५ हजारसम्म मात्र खर्च गर्न पाइनेछ भने बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता गम्भीर तथा अत्यावश्यक सेवामा मात्र उपयोग गर्न सकिनेछ ।

स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । साथै, यही मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै ‘नागरिक एप’मा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।  

0 Comments