१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमणमा सीमा विवाद विषय नउठेपछि काँग्रेसले भन्यो, ‘प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताएका हुन्। उनले प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरे । प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति अहिले कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उनको भनाई छ । सीमा विवादको विषयलाई प्रवेश नै नगराई फर्कनुले उनको दोहोरो चरित्र उदाङ्गो भएको उनको दाबी छ । विगतमा प्रधानमन्त्री साहले सीमा सम्बन्धी अभिव्यक्तिलाई लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए ।

उनले भने, ‘द्विपक्षीय सहकार्यका बहुआयामिक सम्भावनालाई निरन्तर अगाडि पढाउँदै आपसी विश्वास, सम्मान र समझदारीका आधारमा थाती रहेका संवेदनशील विषयहरूको कूटनीतिक समाधान खोज्ने तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र गतिशील बनाउँदै लैजाने नेपाली काँग्रेसको स्पष्ट र अविचलित दृष्टिकोण रहँदै आएको छ । तर प्रधानमन्त्री, प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध विशेषगरी सीमाका विषयमा जसरी वर्तमान प्रधानमन्त्रीज्यूले प्रस्तुत हुने गर्नुहुन्थ्यो । यसभन्दा अगाडि उहाँको प्रस्तुति अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिको रूपमा हामीले लिएका थियौँ । लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो । राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो । त्यो कुरा जब कूटनीतिक संवादमार्फत त्यही विषयलाई निर्णायक रूपमा उठाउने अवसर उहाँले प्राप्त गर्दा, ती विषयहरू नउठ्दै गरेको यो स्थितिले हिजो हामीले गरेको अनुमान आज पुष्टि भएको अवस्था छ । त्यसैले उक्त विषयलाई प्रवेश नै नगराई फर्कनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ । कथनी र करनीबीचको यो विरोधाभास आफैँमा विडम्बनापूर्ण छ । त विडम्बनापूर्ण त छँदै छ, सँगसँगै यसले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वतालाई पनि उजागर गरेको हाम्रो ठहर छ ।’

उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमा लगायतका संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको बताए । यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको बताए । उनले प्रधानमन्त्री भारत भ्रमणका क्रममा भएका कतिपय सहमतिहरू सकारात्मक रहेकोले त्यसलाई कार्यान्वयनमा ल्याउन जोड दिए ।  

0 Comments