१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

अ अ+ अ-

चितवन । चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए ।

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उनले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो ।

रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै मन्त्री लम्सालले आगामी एनपिएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । चौथो संस्करण ‘होम–अवे फम्र्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

गौतमबुद्ध रङ्गशालामा एनपिएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा मन्त्री लम्साल आशावादी देखिए । आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पारे। प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन–चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उनको भनाइ थियो ।

रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ ।

0 Comments