१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको नेतृत्व विवाद अदालतबाट टुंगीने देउवाको विश्वास, अब सभापति र प्रधानमन्त्री नबन्ने घोषणा

आफूलाई वैधानिक सभापति भएको दाबी गर्दै देउवाले आगामी महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने धारणा राखेका छन् ।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट आफ्नो पक्षमा फैसला आउने विश्वास व्यक्त गर्दै अब पुनः पार्टी सभापति र प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आफूपक्षीय काँग्रेसको कर्णाली प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै देउवाले पार्टी नेतृत्वमा आफ्नो वैधानिकता कायमै रहेको जिकिर गरे ।

सभापति पदबाट आफूले राजीनामा नदिएको र पार्टी विधानबमोजिम दुई तिहाइ बहुमतबाट पदमुक्तसमेत नगरिएको उल्लेख गर्दै उनले संविधान र पार्टी विधानका आधारमा आफूहरूले आधिकारिकता प्राप्त गर्ने दाबी गरे ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले यसबारे थप बहस आवश्यक नरहेको उनको भनाइ छ । राजतन्त्रकलादेखि नै न्यायालयप्रति विश्वास रहेको उल्लेख गर्दै उनले अदालतबाट न्याय पाउने अपेक्षा व्यक्त गरे ।

‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने ।

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले पार्टी र नागरिकबाट पर्याप्त अवसर प्राप्त गरेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्नुपर्ने धारणा राखे ।

‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन् । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने ।

0 Comments