१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

अ+ अ-

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘मध्यराति एकाएक आगलागी भयो, हामीले पसल जोगाउन पूर्ण प्रयास गर्दा पनि सकेनौं ।’

विद्युत्लाइन सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको तथा प्रहरीले अहिले उक्त ठाउँमा मुचुल्का बनाइरहेको र आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरिरहेको प्रवक्ता धामीले जानकारी दिए ।

नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीपछि अहिले जिल्ला सदरमुकाम सिलगढीको विद्युत्लाइन काटिएका कारण सिलगढी गए रातिदेखि विद्युत्विहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस