२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

अ+ अ-

काठमाडौं । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको छ ।

बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले रु एक खर्ब २४ अर्ब निक्षेप सङकलन गरी रु एक खर्ब ५ अर्ब बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छे्र बैंकले आज प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म रु ७८ करोड १३ लाख बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा रु ४८ करोड ५७ लाख नाफा गरेको थियो । बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा रु एक अर्ब ५१ करोड नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले रु ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म रु एक खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब ४९ अर्ब ऋण लगानी गरेको छ ।