२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सङ्ग्रहालय निर्माण गर्ने नगरपालिकाको निर्णय

अ+ अ-

गलेश्वर । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका २ घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ ।

बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई सुरक्षित गर्न बाढीको निकासका लागि व्यवधान बनेका स्थानीय मीन सापकोटा र विष्णु शर्माको घरलाई किनेर बाढीको सहज निकास गराउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले गण्डकी प्रदेश सरकारसँग लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टिलका पोल राख्ने योजना कार्यान्वयन गर्ने, बेनपा– ४ तातोपानी र ९ गलेश्वरमा प्रहरी चौकीको भवन निर्माणमा लागत सहभागिता जनाउने निर्णय भएको छ ।

सम्पत्ति तथा भूमिकरसम्बन्धी विवाद समाधानका लागि नयाँ सीमा र मापदण्ड निर्धारण गरिएको छ । बेनपा–२ पिपलडाँडामा शान्ति सङ्ग्रहालय बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने र विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थाका लागि आवश्यक वडामा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलिप्याड बनाउने निर्णय गरिएको छ ।

यसैगरी बेनपा–७ मङ्गलाघाटका रेशम बानियाँ र सम्झना पन्थ तथा बेनपा– ४ का केदार आचार्य र सुनिता सुवेदीले जन्माएका तिम्ल्याह बच्चाको उपचारका लागि रु ३०/३० हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको छ ।

बैठकले दुई कार्यविधि, एक निर्देशिका र एक मार्गदर्शन पनि पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका र पशुसेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित गर्ने निर्णय गरेको छ ।रासस