२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

अ+ अ-

काठमाडौं । सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ ।

दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम ‘फिनिसिङ’ हुन बाँकी छ । यसैगरी ८८५ मिटरमा ढलान गर्नुपर्ने छ । सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई बनाउनुपर्नेछ ।

ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’ यसअघि नै छेडिएको छ । सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए। यसैगरी सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न बाँकी रहेको समितिले जनाएको छ ।

अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्नसमेत बाँकी छ । बाँकी कामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा सरोकार भएका निकायसँग थप छलफल जारी रहनेछ । आइतबार इटालियन निर्माण व्यवसायी सिएमसीलाई ठेक्का तोड्ने विषयमा लेखिएको पत्रका लागि १४ दिन कुरिनेछ । यही माघ १९ गतेपछि अर्को प्रक्रियाबाट कामलाई निरन्तरता दिइने समितिले जनाएको छ ।