२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाग्मती सरसफाइ महाअभियानको ३०० औँ हप्ता विशेष कार्यक्रम आयोजना

अ+ अ-

काठमाडौं । स्वच्छता मेरो पहिचान सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३०० औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा बाग्मती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रीत सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २०० औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाइ सकिएकोे छ । यस कार्यमा एक हजार ८५० संघसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।

शहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

उनका अनुसार सो अवसरमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथग्रहण गराउनुहुने, अभियानकर्मीलाई सम्मान गर्नुहुने लगायतका कार्यक्रम रहेको छ ।

सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरुको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री राईले देशभरका नदी संरक्षण गर्न शहरी विकास मन्त्रालयले ध्यान दिएको छ भने । बाग्मती सफाइ महाअभियानका अभियानकर्मी डा राजु अधिकारीले नदी संरक्षण गर्न नदी आयोग गठन गर्न माग गरे ।