१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाले भन्यो : ‘टनेलभित्र ३७ जनाको शव भेटिएको थियो’

अ अ+ अ-

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढी पहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ ।

नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका हुन्।

शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११ औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिए । उनकाअनुसार आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब-कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो । त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए । आयोजनाको दुईवटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो । सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए ।

उनका अनुसार हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए । उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्रै फेला पारेको थियो । अन्य प्रवेश मार्गहरू अवरुद्ध थिए । नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए ।

पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए । उनका अनुसार डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन । उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो ।

कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो । सहायक रथी थापाले सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको बताए ।

त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो । त्यहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा भेटिएको थियो । खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएको र त्यस क्षेत्रमा ३७ जनाको शव फेला परेको उनले जानकारी दिए ।

थापाका अनुसार सुरुङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको थियो । उनले हाल पनि खोज तथा उद्धारको काम जारी रहेको बताउनुभयो । हेडवर्कबाट अडिट-३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ । सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको अवस्थामा रहेको उनले जानकारी दिए । अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि उनले बताए ।

उनले भने, ‘उक्त आयोजनामा कोरियन, चाइनिज, भारतीय तथा नेपाली कामदारहरू कार्यरत थिए । ९.७ किलोमिटर लामो सुरुङमा आएको बाढीका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो । इन्जिनियरहरूबाट प्राप्त नक्साका आधारमा हेडवर्क, अडिट ३ र पावरहाउस क्षेत्रमा खोजी तथा उद्धार कार्य सञ्चालन गरियो । पावरहाउस क्षेत्रबाट ४८ घण्टाभित्र ११० जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । डिसेन्डर क्षेत्रको साँघुरो र हिलोयुक्त सुरुङमा अक्सिजनको सहायताले प्रवेश गरी खोजी गर्दा ११औँ दिन एक जना चिनियाँ नागरिकलाई जीवित उद्धार गर्न सफल भयौँ । अडिट ३ बाट करिब १,७०० मिटरभित्र खोजी गर्दा ३७ वटा शव फेला परेका थिए । हाल सुरुङको करिब ४ किलोमिटर क्षेत्रमा १७ फिटसम्म पानी र लेदो जमेकाले थप खोजी गर्न कठिन भएको छ । पानी निकासका लागि ब्लास्टिङ गर्ने विषयमा छलफल भइरहेको छ । हाल ४२ जना उद्धारकर्मी परिचालित छन् र पावरहाउस क्षेत्रमा समेत खोजी कार्य जारी छ । जीवित उद्धार गरिएका चिनियाँ नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउने र सुरुङभित्र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएका थिए । उद्धारका बेला उनी निकै स्वस्थ अवस्थामा थिए ।’

हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए।

0 Comments