२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् ।

गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो ।

बिममा रु एक करोड ४३ लाख लागतमा निर्माण भएको लिफ्ट खानेपानी आयोजनाबाट नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घर तथा ८ विद्यालय तथा सार्वजनिक स्थानमा धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए ।

बाइस किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको ‘रिजर्भ’ ट्याङ्कीमा पुर्‍याएर वितरण गरिएको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले बताए ।

ओखरबोटमा निर्माण भएको डिल्लीखोला खानेपानी आयोजनाबाट ४० घरधुरी लाभान्वित भएका छन् । कूल रु ५३ लाख ७३ हजार २४६ को लागतमा निर्माण भएको आयोजनाबाट ओखरबोटका ४० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटरजडित निजी धारामार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए ।

आयोजना निर्माणका लागि नेपाल सरकारले रु २१ लाख ३२ हजार १०४, गाउँपालिकाले रु पाँच लाख ३२ हजार ३२४ र फिनल्याड सरकारले रु ११ लाख ९९ हजार ३०८ अनुदान सहयोग गरेका थिए । स्थानीयवासीले रु १४ लाख ५० हजार ७७६ बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ ।