२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव : मुख्यमन्त्री पोखरेल

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताएका छन् ।

जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उनले शहीदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखे ।

उनले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण गर्दै अबका दिनमा कसैले पनि रोजगारीको हकबाट वञ्चित हुनु नपर्ने उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘आजको दिन ऐतिहासिक दिन हो, यो दिन युवाका लागि कोशेढुङ्गा सावित हुनेछ ।’

परिणामलाई सहजै स्वीकार गर्ने खेलाडीको संस्कारबाट राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्ने भन्दै उनले यसले राजनीतिक संस्कृतिलाई व्यवस्थित गर्ने बताए ।

कार्यक्रममा शहीद परिवारलाई सम्मान गरिएको थियो । शहीद स्मृति खेलकूद क्लबको आयोजना र मदन भण्डारी स्पोटर्स एकेडेमीको सहकार्यमा आयोजना गरिएको प्रतियोगितमा १० समूहको सहभागिता रहेको क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख एक हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद रु ५० हजार ५०० सहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।