काठमाडौं । महानगरीय प्रहरी प्रभाग सानेपाले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही १४ गते १६:२० बजे ललितपुर महानगरपालिका-३ धोविघाट स्थित चेकिङको क्रममा यही धोविघाट बस्ने सुनसरी धरानका अतित तामाङ र रौतहट गौरका बिकलराज भट्टाराईको साथबाट ट्रमा, स्ट्रामिट, ट्रमिनो, ट्रामाचस, स्ट्राबिन एनटी लगाएतका लागुऔषध ४ हजार ४ सय ९० ट्याबलेट बरामद गरेको छ ।
यसै गरी यहि १४ गते २१:५५ बजे महानगरीय प्रहरी वृत्त किर्तीपुरले किर्तीपुर नगरपालिका १० नयाँबजारबाट ललितपुर नख्खिपोट बस्ने हिमाल कार्कीलाई लागुऔषध डाईजेल्याप,फेनरागन नुफिन गरी १ सय ५० एम्पुल बरामद गरेको छ । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।