सिञ्जा । नेत्रविक्रम चन्द समूहका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका–२ घोडेङ्गामा आफ्नै घरमा सुतिरहेका बेला गए राति २ः०० बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले तिरुवालाई पक्राउ गरेको परिवारिक स्रोतले जनाएको छ ।
एक महीअघि मात्रै तिरुवालाईकाठमाडौँमा पक्राउ गरी धरौटीमा छाडिएको थियो । राति नै पक्राउ गरी जिल्ला जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । चन्द समूहका गतिविधि पछिल्लो समय उक्त गाउँपालिकामा बढ्दै गइरहेको थियो ।







