काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्तीमाता’ बताउने विष्णु कुँवरलाई महिलाविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ । बालाजुबाट शुक्रबार पक्राउ परेकी कुँवरलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी परिसर टेकुले जनाएको छ ।
कुँवरले असार पहिलो साता भद्रकाली मन्दिरमा धर्तीमाता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो समाजिकसञ्जालमा भाइरल भएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
कुँवरले भने कुटपिट गर्नु आफ्नो गल्ति रहेको बयान दिएकी छन् ।







